बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

30
Share
Featured

राँझा (बाँके), २ जेठ

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ । अज्ञात समुहले शुक्रबार राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँकी ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुमाथि आक्रमण गरी सुन लुटपाट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, कुटपिटपछि उनीहरुले डेढ तोलाभन्दा बढी सुन लुटेका छन् । घाइते महिलाको उद्धार गरी उपचारका लागि राप्ती सोनारी अस्पताल लगिएको छ । अस्पतालले त्यहाँ सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । घाइते सबैको नेपालगञ्जस्थित संजिवनी अस्पतालमा उपचार भइरहेकोे छ ।

प्रवक्ता पातलीले उक्त घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका जानकारी दिनुभयो । राप्तीसोनारी र नरैनापुरको जङ्गल क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

यो समाचारमा

बाँकेनेपालगञ्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    Data is loading...

    Loading brands...

    Loading footer...