सामाजिक संजालमा ‘हेल्थ टिप्स’ दिने विशेषज्ञ डाक्टर नक्कली भएको पुष्टि

Author

सजिलो पत्रिका

२०८३ असार ११, बिहिबार

32
Share
Featured

काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिकित्सकको नक्कली उपाधि प्रयोग गरी अवैध रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा ४७ वर्षीया चेतना पौडेललाई पक्राउ गरेको छ। आफूलाई नेपालको पहिलो प्राकृतिक चिकित्सा (नेचुरोप्याथी) विशेषज्ञ दाबी गर्ने पौडेललाई असार १० गते काठमाडौंको चन्द्रागिरिबाट नियन्त्रणमा लिइएको हो।

नेपाल मेडिकल काउन्सिलको अनुगमनका क्रममा चन्द्रागिरिस्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत पौडेल काउन्सिलमा दर्ता नभई बिरामीको रोग निदान, उपचार र औषधि सिफारिसमा संलग्न रहेको पाइएको थियो। काउन्सिलको छानबिन प्रतिवेदन र उजुरीका आधारमा सीआईबीले उनलाई पक्राउ गरेको हो।

सामाजिक सञ्जालमा निकै सक्रिय पौडेलका फेसबुकमा १ लाख २४ हजार र टिकटकमा १२ हजारभन्दा बढी फलोअर छन्। उनीमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत 'उपचारसम्बन्धी कसुर' मा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

यो समाचारमा

नेपाल प्रहरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

    काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीका विषयमा छलफल भइरहेको छ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रशासनिक सुधारका महत्त्वपूर्ण निर्णयहरूका बारेमा समेत छलफल हुने कार्यक्रम छ। नियमित एजेन्डाहरूका साथै सरकारका

    Data is loading...

    Loading brands...

    Loading footer...