कन्सल्टेन्सी ठगी प्रकरण: २७ जनाविरुद्ध म्याद थप, ३६ जना हाजिर जमानीमा रिहा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

17
Share
Featured
  • विदेश पठाउने नाममा ठगी गरेको आरोपमा ६८ जना कन्सल्टेन्सी सञ्चालक/म्यानेजर पक्राउ परेका छन्, जसमध्ये २७ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको छ।
  • उनीहरूले दर्ता बिना सञ्चालन गर्ने, विद्यार्थीलाई विदेश पठाएर अलपत्र पार्ने तथा अनियमित गतिविधि गर्ने गरेको आरोप छ।
  • ३६ जनालाई हाजिर जमानीमा रिहा गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विदेश पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक तथा व्यवस्थापकहरूमध्ये २७ जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । जेठ १ गते प्रहरीले काठमाडौँ उपत्यकाका १९५ वटा कन्सल्टेन्सी तथा शैक्षिक परामर्शदाता कार्यालयमा छापा मारेर ६८ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार शिक्षा ऐन अन्तर्गत अनुसन्धान भइरहेका २७ जना सञ्चालकले दर्ता प्रक्रिया पूरा नगरी कम्पनी सञ्चालन गरेको र विदेश पठाउने क्रममा सेवाग्राहीलाई समस्या पारेको आरोप छ । जापानसहित विभिन्न देशमा विद्यार्थी तथा सेवाग्राही अलपत्र परेको गुनासो समेत आएको प्रहरीले जनाएको छ ।

यस्तै, दर्ता प्रक्रिया गरिरहेका ३६ जनालाई हाजिर जमानीमा रिहा गरी अनुसन्धान जारी राखिएको छ । प्रहरीले कन्सल्टेन्सीहरूले भिसाको ग्यारेन्टी गर्ने, सेवाग्राहीको पासपोर्ट आफैँसँग राख्ने तथा अनियमित कार्य गर्ने गरेको समेत फेला परेको जनाएको छ ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...