टिकटकर तुलसा अधिकारी पक्राउ

Author

सजिलो पत्रिका

२०८३ जेठ १७, आइतबार

16
Share
Featured
  • टिकटकमा चर्चित तुलसा अधिकारीलाई ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणको आरोपमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
  • उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो, र ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लगाइएको छ।
  • हाल उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ र थप कानुनी प्रक्रिया अघि बढाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणको आरोपमा फरार रहेकी चर्चित टिकटकर तुलसा अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध इन्टरपोलमार्फत 'रेड नोटिस' जारी गरिएको थियो, जसका आधारमा समन्वय गरी उनलाई पक्राउ गरेर नेपाल फर्काइएको हो।

अधिकारीमाथि 'हनी ट्र्याप' शैली प्रयोग गरी ६ करोड ५२ लाख २९ हजार रुपैयाँभन्दा बढी ठगी गरेको गम्भीर आरोप छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले करिब चार महिनाअघि नै उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरिसकेको थियो।

पीडितको जाहेरीका आधारमा आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाइल्यान्डबाट ल्याइएकी अधिकारीलाई हाल ललितपुर प्रहरीको हिरासतमा राखेर थप कानुनी प्रक्रिया अघि बढाइएको छ।

यो समाचारमा

काठमाडौँथाइल्यान्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...