सानेपाको स्पाबाट नाबालिकाको उद्धार, सञ्चालिका पक्राउ

Author

सजिलो पत्रिका

२०८३ जेठ २४, आइतबार

10
Share
Featured
  • सानेपा स्थित ‘शुकल्प स्पा एण्ड थेरापी’बाट प्रहरीले एक नाबालिकाको उद्धार गरेको छ।
  • स्पा सञ्चालिका सुमन कुमाल लाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी आरोपमा पक्राउ गरिएको छ।
  • प्रहरीका अनुसार नाबालिकालाई प्रलोभनमा पारी अनैतिक कार्यमा संलग्न गराइएको आशंकामा अनुसन्धान भइरहेको छ, र अदालतले आरोपीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ललितपुरको सानेपास्थित ‘शुकल्प स्पा एण्ड थेरापी’बाट एक नाबालिकाको उद्धार गर्दै प्रहरीले सञ्चालिकालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा घर भई हाल सानेपा बस्ने सुमन थापा मगर भनिने सुमन कुमाल रहेकी छन्।

कुमालले आफ्नो स्पामा कार्यरत नाबालिकालाई प्रलोभनमा पारी ग्राहकहरूको मागअनुसार जबरजस्ती अनैतिक कार्यमा संलग्न गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विशेष सूचनाका आधारमा प्रहरी टोलीले उक्त स्पा सेन्टरमा छापा मारी नाबालिकालाई सुरक्षित उद्धार गरेको हो।

पक्राउ परेकी कुमालमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ। जिल्ला अदालत ललितपुरले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले स्पाको आवरणमा हुने यस्ता आपराधिक गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।

यो समाचारमा

काठमाडौँललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ह्वाट्सएपको सूचनाका भरमा उपनिर्वाचन गराइएको भन्दै रास्वपा कार्यकर्ता रुष्ट

    काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताले कलैया उप-महानगरपालिकाको नगर अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन्। विजयी घोषणा गरी शपथग्रहण समेत भइसकेको नेतृत्वलाई पुनः निर्वाचन गराउनु पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको उनीहरूको दाबी छ।गत जेठ १७ गते सम्पन्न अधिवेशनमा उमाशंकर रनिया १२४ मतसहित नगर सभापतिमा विजयी भएका थिए।

    Data is loading...

    Loading brands...

    Loading footer...