
काठमाडौँअर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्थाबारे विस्तृत विश्लेषणसहित आर्थिक स्थितिपत्र (श्वेतपत्र) सार्वजनिक गरेका छन्। उनले देशको अर्थतन्त्रका अधिकांश सूचकहरू कमजोर अवस्थामा रहेको निष्कर्ष प्रस्तुत गर्दै नीतिगत भ्रष्टाचार, आसेपासे पुँजीवाद र कमजोर सुशासनले अर्थतन्त्र थलिएको बताएका छन्। उत्पादनमूलक क्षेत्र खुम्चिँदै जानु, सार्वजनिक ऋणको भार बढ्नु, बैंकिङ क्षेत्रमा खराब कर्जा वृद्धि...