कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

17
Share
Featured
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सीमित बजेट र स्रोत–साधनका बाबजुद जनताको आवश्यकता र प्राथमिकता अनुसार काम गर्ने प्रदेश सरकारको प्रतिबद्धता दोहोर्याए।
  • प्रदेश बजेट ४६ अर्बबाट ३६ अर्बमा झरेपछि धेरै योजना अघि बढ्न नसकेको उल्लेख गर्दै अब ‘कनिका छर्ने’ शैली अन्त्य गरी स्पष्ट प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने बताए।
  • पूर्वाधार, सडक तथा अन्य जनचाहनाका कामहरू बजेट अभावका कारण प्रभावित भए पनि सुधार गर्दै आवश्यकताका अनुसार योजना अघि बढाइने उनको भनाइ थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको अपेक्षा र आवश्यकता अनुरूप काम गर्न प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन् । 

सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवर्डहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमित स्रोत–साधनका बाबजुद जनचाहनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहो-याए ।

मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असंख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ । ‘थोरै बजेटमा धेरै काम गर्ने बाध्यताले कतिपय योजना अलपत्र परे। अब त्यसमा सुधार गर्दै प्राथमिकताका आधारमा बजेट विनियोजन हुनेछ ।’ उनले भने ।

२०७५ सालमा पहिलोपटक ४६ अर्बको प्रदेश बजेट बनेको स्मरण गर्दै हाल बजेट ३६ अर्बमा झरेको परिस्थितिले अपेक्षित काम गर्न कठिनाइ बढेको उल्लेख गरे । जनताको आवश्यकता, विशेषगरी पूर्वाधार र सडक निर्माणका माग तीव्ररूपमा बढ्दो अवस्थामा देशकै अर्थतन्त्र कमजोर भएकोले बजेटको आकार घटेको र त्यसको असर कामकारबाहीमा परेको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार लगायतका क्षेत्रमा ‘कनिका छर्नेजस्तो’ बजेट वितरण गर्ने पुरानो अभ्यास अन्त्य गर्दै अब प्रदेश सरकारले स्पष्ट प्राथमिकताका आधारमा बजेट खर्च गर्ने बताए । ‘जनचाहना र जनभावनालाई सम्बोधन गर्दै काम हुनेवाला छ ।’ उनले जोड दिए ।

यसपटक उद्घाटन गरिएको सुन्दरपुर ब्याडमिन्टन कवर्डहल २०७६÷०७७ मा प्रदेश सरकारबाट ५ लाख र नगरपालिकाबाट १० लाख विनियोजन गरेर निर्माण थालिएको थियो । गत वर्ष चौदण्डीगढी नगरपालिकाले थप ३२ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेपछि भवन सम्पन्न भएको हो ।

सोही कवर्डहलमा मंसिर २० गतेबाट सुरु हुने कोशी प्रदेशस्तरीय ‘उपमेयर कप’ ब्याडमिन्टन प्रतियोगिताको पनि सोमबारै मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका छन् ।

यो समाचारमा

कोशी प्रदेशचौदण्डीगढी  नगरपालिकाउदयपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...