मुगुमा ११ औँ राष्ट्रिय उद्योग दिवस : १२ सफल उद्योगी सम्मानित

Author

सजिलो पत्रिका

२०८२ मंसिर १०, बुधबार

18
Share
Featured
  • मुगुमा ११औँ राष्ट्रिय उद्योग दिवसको अवसरमा विभिन्न क्षेत्रका १२ सफल स्थानीय उद्योगीलाई सम्मान गरी उद्योग प्रवर्द्धनको महत्व उजागर गरियो।
  • स्थानीय उद्योगीहरूले उत्पादन भए पनि बजार नपाइने, अनुदान र सहयोग आफन्त–मुखी तरिकाले वितरण हुने तथा सरकारी कार्यक्रममा बाहिरका सामग्री प्रयोग हुने गुनासा राखे।
  • प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, कडा अनुगमन गर्ने र गलत काममा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

‘औद्योगिक वातावरण सुधार दीगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ मुगु जिल्लाको गमगढीमा आयोजित कार्यक्रममा ११ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा जिल्लाका १२ जना सफल उद्योगीलाई सम्मान गरिएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका अग्रणी उद्योगी–व्यवसायीलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा कार्यालय प्रमुख कमल भट्टले पछाडि परेको मुगुमा उद्योगी–व्यवसायीको मनोबल बढाउन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन दिन सम्मान कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार राडी–पाखी, सिलाइ–कटाइ, फर्निचर, चाउमिन, तरकारी खेती, पर्यटन तथा स्थानीय उत्पादन सम्बन्धी व्यवसाय गर्दै आएका उद्यमीहरूको निरन्तर परिश्रमका लागि सम्मान गरिएको हो ।

स्थानीय उद्योगीका गुनासा ः ‘उत्पादन हुन्छ, बजार पाइँदैन’

सोरु गाउँपालिका–३ का उद्योगी जग्ग धामीले स्थानीय भेडाको उनबाट राडी, पाखी, गलैचा, टोपी, मफलरलगायतका उत्पादन बनाएर घर खर्च चलाउँदै आएको बताए । तर उत्पादनलाई सरकारले उपलब्ध गराउने अनुदान वास्तविक उद्योगीले नभई आफन्तभन्दा अफन्तलाई वितरण हुने गरेको गुनासो गरे । ‘बजार नपाएर उत्पादन थन्किन्छ, सहयोग पाउनेमा भने वास्ताविक उद्योगी परेनन्,’ धामीले भने ।

उद्योगी हरि कृष्ण बिष्टले २० वर्षभन्दा बढी समयदेखि डालेचुक तथा स्याउका जुस, जाम, जेली उत्पादन गरिरहे पनि जिल्लाले आफ्नै उद्योगीलाई नचिन्ने गुनासो राखे । उनका अनुसार जिल्लामा उत्पादित जुस, फूल र अन्य स्थानीय वस्तु प्रयोग नगरी बाहिरबाट ल्याइएका सामग्री सरकारी कार्यक्रममा प्रयोग गरिँदा स्थानीय उद्योगी मारमा परिरहेका छन् ।

स्थानीय उत्पादन प्रयोगका लागि प्रशासनको प्रतिवद्धता

उद्योगीहरूको गुनासा सुनेपछि प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले अबदेखि जिल्लामा सरकारी कार्यक्रमहरूमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताए । कार्यालय प्रमुखहरूको बैठकमार्फत अनिवार्य स्थानीय सामग्री प्रयोग गर्ने व्यवस्था लागू गराइने उनको प्रतिबद्धता थियो ।

छायाँनाथ रारा नगरपालिकाकी उप–प्रमुख ऐश्वय शाह मल्लले जिल्लामा प्रदेश र संघबाट आउने कार्यक्रम मनपरी ढंगले वितरण हुने, सहकार्य बिना आफन्तहरूलाई भागबण्डा दिने प्रवृत्ति रोक्नुपर्ने आवश्यकता औंल्याइन् ।

जिल्ला समन्वय समिति मुगुका संयोजक मुन्जन बहादुर कार्कीले गत वर्ष कठोर अनुगमन गरिए पनि केही कमी कमजोरी रहेको स्वीकार्दै आगामी दिनमा सरोकारवालालाई फिल्डमै लगेर थप कडा अनुगमन गरिने जानकारी दिए ।

कर्णाली प्रदेश सभा सदस्य जित बहादुर मल्लले प्रदेशबाट जिल्लामा ल्याइने कार्यक्रमहरू लक्ष्य र उद्देश्यअनुसार कार्यान्वयन हुनु आवश्यक भएको उल्लेख गर्दै गलत काममा संलग्न जो–कोही कारबाहीको भागीदार हुने चेतावनी दिए । उनले सबै निकायलाई सहकार्यमा रही प्रभावकारी अनुगमन गर्न आग्रहसमेत गरे ।

११ औँ उद्योग दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रम उद्योगीका समस्या सुनिने, समाधानका प्रतिवद्धता जनाइने र स्थानीय उद्योग प्रवद्र्धनतर्फ राज्यको ध्यानाकर्षण गराउने महत्वपूर्ण मञ्च बनेको सरोकारवालाले बताए ।

यो समाचारमा

मुगुछायाँनाथ रारा नगरपालिकासोरु गाउँपालिकाकर्णाली प्रदेश
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...