ग्रामीण अर्थतन्त्र सबलीकरणमा ‘वर्क बेस कल्चर’ आवश्यक : महालेखा नियन्त्रक पौडेल

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

35
Share
Featured
  • महालेखा नियन्त्रक शोभाकान्त पौडेलले ग्रामीण अर्थतन्त्र सबलीकरणका लागि ‘वर्क बेस कल्चर’ आवश्यक रहेको बताउँदै ग्रामीण क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने व्यावहारिक दृष्टिकोण र संरचनात्मक सुधारमा जोड दिए।
  • उनले ग्रामीण पूर्वाधार, उत्पादन, सीप र क्षमतालाई बजारसँग जोडेर रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनसांख्यिक लाभको उपयोगमार्फत अर्थतन्त्र अघि बढाउनुपर्ने बताए।
  • कार्यक्रममा खिमलाल देवकोटाले संघीयता बलियो बनाए ग्रामीण अर्थतन्त्र सुध्रिने बताए भने सीता घिमिरेले दैनिक १७ सय युवा विदेश जाने तथ्य प्रस्तुत गर्दै स्वदेशमै रोजगारीका अवसर खोज्नुपर्नेमा जोड दिइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

महालेखा नियन्त्रक कार्यालय शोभाकान्त पौडेलले ग्रामीण अर्थतन्त्र सबलीकरणका लागि ‘वर्क बेस कल्चर’ आवश्यक रहेको बताएका छन् ।

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ग्रामीण क्षेत्रमा वर्क बेस कल्चर कायम गरेर राष्ट्रिय अर्थतन्त्रसँग कसरी जोड्ने भन्नेमा केन्द्रित हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘समावेशीकरण र क्लाइमेट चेन्जजस्ता विषय सुनेर हामी थाकिसक्यौं । अब ग्रामीण क्षेत्रमा वर्क बेस कल्चर कायम गरेर हाम्रो अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग कसरी जोड्ने भन्नेमा केन्द्रित हुन आवश्यक छ । जानसांख्यिक लाभको आधारमा नेपालको अर्थतन्त्रलाई अघि बढाउनुपर्छ ।’

पौडेलले ग्रामीण अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्रबीचको सम्बन्धलाई सुदृढ बनाउन कार्यशील दृष्टिकोण र संरचनात्मक सुधार आवश्यक भएको बताए ।

साथै, उनले ग्रामीण अर्थतन्त्रले जागिर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘हाम्रो ग्रामीण क्षेत्रको पूर्वाधार (इन्फ्रास्ट्रक्चर) कस्तो छ भन्ने कुरा पनि महत्वपूर्ण छ । त्यसले ग्रामीण क्षेत्रमा भएका उत्पादन, सीप र क्षमतालाई बजारसम्म जोड्न मद्दत पुर्याउन सक्छ ।’

कार्यक्रममा संघीयताविज्ञ खिमलाल देवकोटाले संघीयतालाई बलियो बनाए ग्रामीण अर्थतन्त्रमा सुधार आउने बताउँदै यसमा स्थानीय तहको भूमिका प्रभावकारी हुने बताए । आप्रवासनबारे जानकारी सीता घिमिरेले प्रत्येक दिन १७ सय युवा विदेश पलायन भइरहेकाले स्वदेशमै रोजगारीका अवसरहरु खोज्नुपर्ने बताइन् ।

यो समाचारमा

महालेखा नियन्त्रक कार्यालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...