लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई चेम्बर मल्लको आग्रह

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

12
Share
Featured
  • नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ व्यवसायीहरूलाई लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न आग्रह गर्दै नेपाल–चीन व्यापारिक सम्बन्ध सुदृढ बनाउन प्रस्ताव गरेका छन्।
  • मल्लले चीन–भारतबीचको व्यापारिक पुलका रूपमा नेपालले भूमिका खेल्न सक्ने उल्लेख गर्दै पूर्वाधार, कृषि, खानी र होटल क्षेत्रमा चिनियाँ लगानीको ठूलो सम्भावना रहेको बताए।
  • चीनसँगको व्यापार घाटा घटाउन उत्पादनमूलक उद्योग, प्रविधि स्थानान्तरण र निर्यातमुखी लगानी आवश्यक रहेको मल्लको भनाइसँगै, चिनियाँ पक्षले पनि नेपालमा पर्यटन र व्यापारिक सहकार्यलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् । 

चाइनीज जनरल एसोसिएसन अफ इन्डस्ट्रीज एण्ड कमर्सका अध्यक्ष फान जियाओबोसंग भएको भेटवार्तामा निवर्तमान अध्यक्ष मल्लले नेपालचीन व्यापारिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहकार्यको प्रस्ताव गरेका हुन् । 

भेटका क्रममा निवर्तमान अध्यक्ष मल्लले चीनसँगको व्यापारिक सम्बन्धलाई अझ सशक्त बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनुपर्ने बताए । 

नेपालमा चिनियाँ लगानी र प्रविधि भित्र्याएर दीर्घकालीन व्यवसायिक साझेदारी मार्फत दुवै देशले लाभ लिन सक्ने निवर्तमान अध्यक्ष मल्लको भनाई छ । 

उनले भने, ‘चीनदेखि भारत सीमा सम्मको पूर्वाधार विकास र राजमार्ग निर्माण गर्न सकेमा त्रिदेशीय व्यापारिक लाभ प्राप्त गर्न सकिन्छ ।’ नेपालले भौगोलिक रुपमा चीन र भारतबीचको व्यापारिक पुलको रूपमा कार्य गर्न सक्ने सम्भावनामा उनले जोड दिए ।

नेपालमा होटल पूर्वाधारमा लगानी मार्फत चिनियाँ पर्यटक आर्कषित गर्न सकिने मल्लले बताए । निवर्तमान अध्यक्ष मल्लले भन्नुुभयो, ‘चीनमा करिब १० करोड बौद्ध धर्मावलम्बी रहेका छन् । त्यसको १ प्रतिशत करिब १० लाख पर्यटक मात्रै नेपाल भित्र्याउन सकिए अर्थतन्त्रमा महत्वुपूर्ण योगदान पुग्नेछ । 

नेपालका सुन, तामा, युरेनियम लगायतका खानीहरूको प्रचुर सम्भावनालाई औंल्याउँदै निवर्तमान अध्यक्ष मल्लले त्यसको अनुसन्धान, प्रशोधन र निर्यातमा चिनियाँ लगानीको अवसर खुला रहेको बताए ।  

चीनसँग नेपालको व्यापार घाटा उच्च रहेको अध्यक्ष मल्लले बताए । उनले भने, ‘चीनबाट २.५३ अर्व डलर बराबरको आयात हुँदा नेपालले जम्मा १५.४९ मिलियन डलरको मात्रै निर्यात गरेको छ ।’ 

यस असन्तुलन घटाउन उत्पादनमूलक उद्योग, प्रविधि स्थानान्तरण र निर्यातमुखी लगानीमा संयुक्त पहल आवश्यक रहेको मल्लले बताए ।

सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी मार्फत पुनः निर्यातको सम्भावना रहेको बताउँदै मल्लले नीतिगत स्पष्टता र प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्स प्रतिवद्ध रहेको बताए । 

चेम्बर पदाधिकारीसंगको भेटवार्ताका क्रममा अध्यक्ष फान जियाओबोले नेपालबाट निर्यात प्रवद्र्धन गर्न आफूहरु प्रयासरत रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकास, होटल व्यवसायमा लगानी र व्यापारिक सहकार्यको पहललाई सकारात्मक रूपमा अघि बढाइने प्रतिवद्धता जनाए । नेपालको कृषि र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि पहल गरिने उनले बताए ।  

यो समाचारमा

काठमाडौँनेपालचीनभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...