मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार १४:०३

16
Share
Featured
  • राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट सीमा ५० लाखबाट १ करोड र लघुवित्त धितो कर्जा सीमा ७ लाखबाट १५ लाख पुर्‍याएर कर्जा प्रवाह बढाउने नीति अपनायो।
  • लघुवित्त ऋणीहरूलाई किस्ता बुझाउन समस्या भए कर्जा भुक्तानी तालिका परिमार्जन गर्न पाउने व्यवस्था गरियो।
  • विपद्‌ प्रभावित जिल्लाका उद्यम–व्यवसायलाई न्यूनतम १०% ब्याजमा कर्जा पुनःसंरचना/पुनर्तालिकीकरण सुविधा एकपटकका लागि उपलब्ध गराइनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट तथा लघुवित्त कर्जाको सीमा वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पु-याउने निर्णय गरेको हो ।

यसैगरी, लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि ठूलो परिमाणमा परिमार्जन गरिएको छ । पहिले ७ लाखबाट सीमित गरिएको यो सीमा अब वृद्धि भई १५ लाख कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले दुई वर्षअघि कसिलो मौद्रिक नीति अपनाउने क्रममा ओभरड्राफ्ट कर्जा तथा लघुवित्तको कर्जा सीमा घटाएको थियो । विशेषगरी लघुवित्तको अत्यधिक ऋणभारका कारण विपन्न वर्ग समस्यामा परेको भन्दै सीमा कटौती गरिएको थियो । तर हाल बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको र कर्जा विस्तार कमजोर भइरहेको स्थितिलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले पुनः सीमा वृद्धि गरेको हो ।

समिक्षामा लघुवित्त कर्जा लिएर किस्ता बुझाउन समस्या परेका ऋणीहरूलाई राहत दिने प्रावधान पनि समेटिएको छ । अब उनीहरूले आवश्यक परेमा कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

त्यस्तै, बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित जिल्ला—जस्तै इलाम—का उद्यम तथा व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याजदरमा कर्जा पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिएको छ । एकपटकका लागि हुने यो सुविधाले प्रभावित व्यवसायलाई पुनःउठानमा मद्दत गर्ने राष्ट्र बैंकको विश्वास छ ।

राष्ट्र बैंकको यो नीतिगत समायोजनले कर्जा प्रवाहमा सुधार हुने तथा अर्थतन्त्रको चलायमानतामा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंक

ट्यागहरू

#आर्थिक वर्ष#भुक्तानी प्रणाली विभाग#सार्वजनिक#अर्थतन्त्र#नेपाल राष्ट्र बैंक#ब्याजदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, प्रविधिमैत्री र विविध वित्तीय उपकरणयुक्त बनाउने लक्ष्यसहित ‘नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको छ।मंगलबार सार्वजनिक गरिएको १२४ पृष्ठको मार्गचित्रले पुँजी बजारलाई बैंकिङ प्रणालीको पूरक मात्र नभई नेपालको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा स्थापित

    sajilo patrika

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    बुधबारदेखि ग्यासका भरि सिलिण्डर बजार पठाइने

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    नेप्से १९.६७ अंकले घट्यो, ४ अर्ब ६१ करोडको कारोबार

    भर्खरै

    News Image

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    News Image

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    News Image

    घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

    News Image

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू