१६६ विधेयक निर्माणको लक्ष्य पूरा गर्न मन्त्री गौतमको सक्रियता

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

4
Share
Featured
  • कानुनमन्त्री सोविता गौतम १६६ वटा विधेयक निर्माणको लक्ष्य पूरा गर्न सक्रिय भएकी छन्।
  • प्रत्येक महिनाको पहिलो सोमबार सबै मन्त्रालयका कानुन प्रमुखसँग नियमित बैठक बस्ने व्यवस्था गरिएको छ।
  • संविधान कार्यान्वयन र कानुन सुधारलाई प्राथमिकतामा राख्दै संसद्लाई आवश्यक विधेयक उपलब्ध गराइने सरकारको योजना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले चालु आर्थिक वर्षलाई 'कानुन सुधार र निर्माण वर्ष' (Law Reform Year) का रूपमा सफल बनाउन तयारी तीव्र पारेको छ। मन्त्री सोबिता गौतमले निर्धारण गरिएको १६६ वटा विधेयकको लक्ष्य पूरा गर्न र सङ्घीय संसद्लाई आवश्यक बिजनेस उपलब्ध गराउन सबै मन्त्रालयका कानुन शाखाहरूसँग छलफल सुरु गरेकी छन्।

मन्त्री गौतमका अनुसार कानुन निर्माणको कामलाई व्यवस्थित बनाउन अबदेखि प्रत्येक महिनाको पहिलो सोमबार सबै मन्त्रालयका कानुन महाशाखाका प्रमुखहरूसँग नियमित बैठक बस्नेछ। मन्त्रालयले यसअघि नै १६६ विधेयकहरूको सूची संसद्मा बुझाइसकेको छ भने यस वर्षलाई कानुन सुधारमा केन्द्रित गर्न ९ बुँदे कार्ययोजना समेत तयार पारेको छ।

संविधान कार्यान्वयनका लागि आवश्यक नयाँ कानुनहरू निर्माण गर्ने र विगतमा अधुरै छोडिएका विधायिकी कार्यहरूलाई पूर्णता दिने मन्त्री गौतमको मुख्य लक्ष्य छ। विकासका लागि सहज कानुनी वातावरण निर्माण गर्दै संसद्लाई बिजनेसको अभाव हुन नदिने प्रतिबद्धता समेत सरकारले जनाएको छ।

यो समाचारमा

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसोबिता गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन- मन्त्री यादव

    काठमाडौं ।  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वर्तमान विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेको बताएका छन्। मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले सरकारको प्राथमिकता वैदेशिक रोजगारी रोक्ने नभई यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने रहेको स्पष्ट पारे।नेपाली श्रमिकहरू शोषणमा नपरून् र उचित पारिश्रमिक पाऊन्

    Data is loading...

    Loading brands...

    Loading footer...