ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै पैंचो पसल, मनायो ११ र्औं वार्षिकोत्सव

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार

39
Share
Featured
  • ‘बसेपनि शहर, गाउँकै खाने रहर’ नारासहित पैंचो पसलले गुल्मीको बलेटक्सारमा किसानसँगै ११औँ वार्षिकोत्सव मनायो।
  • जनप्रतिनिधिहरूले कृषि नै समृद्धिको आधार भएको र सही कृषकसम्म अनुदान पुग्नुपर्ने आवश्यकता औँल्याए।
  • पैंचो पसलले कृषिमा सम्भावना प्रमाणित गर्दै उत्कृष्ट किसान समूह र कृषकलाई सम्मान गर्‍यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको साथ ग्रामीण कृषि उपजलाई विक्री बितरण गरिरहेको पैंचो पसलले गाँउमै ११ औं वार्षिकोत्सव मनाएको छ ।

गाँउको अर्थतन्त्रलाई कृषि उत्पादनमार्फत चलायनमान गराइरहेको पैंचोले गुल्मीको रुरुक्षेत्र–४ स्थित बलेटक्सारमा केन्द्रीय कार्यलयमा कृषकसंगै वार्षिकोत्सव गरेको हो ।

रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवालीले मानव सभ्यताको बिकासको लागि कृषि उत्पादन अपरिहार्य रहेको बताए । उनले भने,‘विश्वमा जुनसुकै प्रविधि भएपनि मानिस बाँच्नको लागि कृषि मै निर्भर हुनुपर्छ । कृषि सम्मानित पेशाको रुपमा विकास गर्न सकेमात्र देशले समृद्धि हासिल गर्न छ,’ उनले भने ‘पछिल्लो समय अनुदान लिनेले काम नगर्ने तर जो व्यक्ति रातदिन काम गरिरहेको हुन्छ त्यसले अनुदान नपाउने समस्याको कारण कृषि क्षेत्र फस्टाउन सकिरहेको छैन ।’

यस्तै छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवालीले कृषि क्षेत्रमा लगातमा अनुदान दिए मात्र कृषि क्षेत्र बिस्तार हुने बताइन । उनले आफ्नो पालिकाले २८ वटा कृषि उपजलाई उत्पादनको आधारमा अनुदान दिइएको भन्दै कृषि क्षेत्रको बिकासको लागि सबैको प्रयास आवश्यक रहेको बताए । उनले नेपालको पहाडी क्षेत्र फलफूल र कृषिको लागि अर्गानिक गन्तव्य बनाउनु पर्नेमा जोड दिइन ।

यस्तै अर्घाखाँचीको छत्रदेव गाँउपालिकाकी उपाध्यक्ष मनी पन्थीले कृषि कर्म गर्नेलाई अगाडी बढाए मात्र देश समृद्धि हुने बताइन । उनले पछिल्लो समय युवा पुस्ता देश बाहिर जाँदा घरमा रहेका महिलाले कृषि गरेर राम्रो आम्दानी गरिरहेको बताइन ।

पैंचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालमा कृषिमा सम्भावना छ भनेर पैंचोले प्रमाणित गरेको बताए । गुल्मी जस्तो पहाडी भूभागमा ११ वर्ष अघि कम्पनी स्थापना गरेर काम गर्न चुनौति देखिएपनि अहिले गाँउमा जोडिएको सडक सञ्जालले सहज हुँदै गएको बताए । उनले भने कृषिमा काम गर्नेलाई प्रोत्साहन गर्न नीति बने बिदेशमा रहेको युवा जनशक्ति नेपाल फर्किने वातावरण बन्ने बताए ।

पैंचो पसलका प्रवन्ध निर्देशक धुव्रराज न्यौपानेले पैचोले कृषिमा गरेको लगानीले समाज परिवर्तनको लागि नयाँ आयामको थपिएको उल्लेख गरे । गाँउमा कम्पनी स्थापनाले रोजगारी सृजनाको साथै अर्थतन्त्रमा समेत ठुलो योगदान दिइरहेको बताए ।

लगानीको हिसावमा कृषिमा चुनौती रहेपछि अर्थतन्त्र चलायामानको लागि ठुलो सहयोग गर्ने बताए । अबका दिनमा किसानसँग जोडिएर काम गर्न लगानी र प्रविधि विस्तारमा पैचाले काम गरिरहेको उनको भनाई थियो ।

वार्षिकउत्सावको अवसरमा पैचौले उत्कृष्ट किसान समुहको रुपमा सैयापोखरी किसान समुह, ढाव किसान समुह, जिमी किसान समुह, अस्लेवा किसान समुह, मुसिडाँडा कृषक समुहलाई सम्मान गरेको थियो । यस्तै सर्वोत्कृष्ट कृषकको रुपमा इमान सिंह राना सम्मानित भएका थिए ।

यो समाचारमा

अर्घाखाँचीछत्रकोट गाउँपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...