नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामै १ खर्ब ३२ अर्ब थपियो

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

34
Share
Featured
  • नेपालको कुल सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ, जुन जीडीपीको करिब ४५.९५% बराबर छ।
  • कुल ऋणमा वैदेशिक ऋण ५३% (१४ खर्ब ८७ अर्ब) र आन्तरिक ऋण ४७% (१३ खर्ब १९ अर्ब) रहेको छ।
  • चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब ३२ अर्ब ३४ करोड ऋण थपियो र ऋणको साँवा तथा ब्याज भुक्तानीमा १ खर्ब ८७ अर्ब १२ करोड खर्च गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालको कुल सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो ६ महिना (पुस मसान्तसम्म) मा मात्रै १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ ऋण थपिएको हो ।

यो ऋण मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४५.९५ प्रतिशत बराबर हो । कुल ऋणमध्ये वैदेशिक ऋण १४ खर्ब ८७ अर्ब (५३ प्रतिशत) र आन्तरिक ऋण १३ खर्ब १९ अर्ब (४७ प्रतिशत) रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ऋण उठाउने लक्ष्य राखेकोमा ६ महिनामा २ खर्ब १४ अर्ब ५५ करोड (३६.०२ प्रतिशत) उठाइसकेको छ ।

यसै अवधिमा सरकारले ऋणको साँवा र ब्याज भुक्तानीमा पनि १ खर्ब ८७ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ । बढ्दो ऋणले मुलुकको अर्थतन्त्रमा थप चाप पर्ने देखिएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...