मन्त्रिपद छाडेर चुनावमा उत्रिएका पूर्वमन्त्रीहरूलाई मतदाताको कस्तो फैसला?

Author

प्रियंका दुतराज

२०८२ फागुन २३, शनिबार

55
Share
Featured
  • कुलमान घिसिङ लाई राजुनाथ पाण्डे ले ७,५८६ मतान्तरले पराजित गर्दै १८,७५७ मतसहित विजयी भए।
  • जगदिश खरेल ललितपुर–२ मा ५,५९९ मतसहित अग्रस्थानमा छन् भने महावीर पुन म्याग्दीमा ३,४३७ मतले अगाडि छन्।
  • बब्लु गुप्ता उम्मेदवार रहेको सिराहा–१ मा अझै मतगणना सुरु भएको छैन।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका चार पूर्वमन्त्रीहरूको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। प्राप्त विवरणअनुसार एक जना पूर्वमन्त्री पराजित भएका छन् भने दुई जनाले फराकिलो अग्रता कायम गरेका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वउर्जामन्त्री कुलमान घिसिङ पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले ७,५८६ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार विजयी पाण्डेले १८,७५७ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका घिसिङले ११,१७१ मतमा चित्त बुझाएका छन्।


ललितपुर र म्याग्दीमा पूर्वमन्त्रीहरूको अग्रता

ललितपुर–२ मा रास्वपाका उम्मेदवार रहेका पूर्वसञ्चारमन्त्री जगदिश खरेलले ५,५९९ मतका साथ फराकिलो अग्रता लिएका छन्। उनले नेपाली काँग्रेसका प्रेमकृष्ण महर्जनलाई निकै पछि पार्दै जिततर्फ अग्रसर देखिएका छन्।

त्यस्तै, म्याग्दीमा स्वतन्त्र उम्मेदवार रहेका पूर्वशिक्षामन्त्री महावीर पुनले प्रतिस्पर्धीसँगको मतान्तर निकै बढाएका छन्। पुनले ५,५०८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठले २,०७१ मत मात्र ल्याएका छन्। पुन अहिले ३,४३७ मतले अगाडि छन्। सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले १६५६ र कांग्रेसले १४९७ मत पाएका छन्।

अर्का पूर्वमन्त्री बब्लु गुप्ता उम्मेदवार रहेको सिराहा–१ मा भने अझै मतगणना सुरु भएको छैन। उनी रास्वपाबाट चुनावी प्रतिस्पर्धामा छन्। अन्तरिम सरकारका मन्त्रीहरूले बीचमै पद छाडेर चुनावमा होमिएका कारण यी क्षेत्रहरूको नतिजालाई निकै चासोका साथ हेरिएको छ। 


अन्तरिम सरकारबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्रीहरूको प्रदर्शनले अहिले जनमत कता झुक्दैछ भन्ने स्पष्ट संकेत दिन थालेको छ। केही क्षेत्रमा उनीहरूले बलियो अग्रता लिएका छन् भने केहीले भने पराजयको सामना गरेका छन्, जसलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

यो समाचारमा

राजुनाथ पाण्डेसिराहानेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ
म्याग्दी11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाल सुधार गृहमा अब एआई र सीपमूलक तालिम, रासन खर्च बढाउन मन्त्री वादीको पहल

    काठमाडौं । महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले देशका विभिन्न भागमा रहेका बाल सुधार गृहहरूलाई केवल दण्ड दिने थलो नभई शिक्षा, सुधार र पुनःस्थापना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बाल न्याय प्रणालीलाई बालमैत्री बनाउन बालबालिकासम्बन्धी

    Data is loading...

    Loading brands...

    Loading footer...