छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

5
Share
Featured
  • मोरङको सुकुना माविका दुई शिक्षक र एक चालक छात्रामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।
  • विद्यार्थीले प्रदर्शनको तयारी गरेपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको हो।
  • घटनाबारे थप अनुसन्धान जारी रहेको र भ्रामक टिप्पणी नगर्न प्रहरीले आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । मोरङको सुन्दरहरैचा-१० खोर्सानेस्थित सुकुना माध्यमिक विद्यालयका दुई जना शिक्षक र एक जना सवारी चालक छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिक्षकहरू ३० वर्षीय किशोरलाल गच्छदार र ३५ वर्षीय अबिरल मास्के तथा सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई रहेका छन्।

शिक्षकहरूले छात्राहरूमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनको तयारी गरेपछि प्रहरीले सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरीले यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता देखिएमा उनीहरूलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ। साथै, संवेदनशील विषय भएकाले सामाजिक सञ्जालमा अनावश्यक र भ्रामक टिप्पणी नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। घटनाको वास्तविकताबारे विस्तृत अनुसन्धानपछि थप तथ्य सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...