भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

4
Share
Featured
  • सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाका लागि अन्तिम पटक निवेदन दिन आह्वान गरेको छ।
  • साउन ४ गतेदेखि ३५ दिनभित्र तोकिएको ढाँचामा स्थानीय तहमा निवेदन बुझाउनुपर्ने छ।
  • समयसीमाभित्र निवेदन नदिए पछि दाबी गर्न नपाइने समितिले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि अन्तिम पटक निवेदन माग गरेको छ। भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै योग्य नागरिकहरूलाई तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको हो।

समितिका अनुसार, जग्गा पाउन इच्छुक स्थानीय तहका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले यही साउन ४ गतेदेखि ३५ दिनभित्र निवेदन फाराम भरिसक्नुपर्नेछ। निवेदन फाराम समितले तोकेको ढाँचा बमोजिम भरी सम्बन्धित स्थानीय तहमा बुझाउनुपर्नेछ।

भूमिहीनहरूलाई जग्गाको मालिक बनाउने र अव्यवस्थित बसोबासोलाई व्यवस्थित गर्ने सरकारको नीतिअनुसार यो अन्तिम अवसर प्रदान गरिएको समितिले जनाएको छ। तोकिएको समयसीमाभित्र निवेदन नदिनेहरूले पछि दाबी गर्न नपाउने समेत सूचनामा उल्लेख छ।

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...