सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

5
Share
Featured
  • सुर्खेतमा अपराधजन्य घटना बर्सेनि बढ्दै गएको छ, गत आर्थिक वर्ष ९४९ मुद्दा दर्ता भएका छन्।
  • लागुऔषध, जबरजस्ती करणी, साइबर अपराध र आत्महत्यासम्बन्धी घटनामा वृद्धि देखिएको प्रहरीले जनाएको छ।
  • बेरोजगारी, सहरीकरण र सामाजिक सञ्जालको नकारात्मक प्रभाव अपराध बढ्नुका प्रमुख कारण भएको प्रहरीको निष्कर्ष छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो।

त्यस्तै, आव २०८१/८२ भन्दा आव २०८२/८३ मा एक दशमवल १५ प्रतिशतले अपराध बढेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका इलाका प्रहरी कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको अवधिमा यहाँ कुल दुई हजार ६०३ वटा अपराधजन्य मुद्दा दर्ता भएका जनाएका छन् । यो परिणामले समाजमा अपराधिक प्रवृति बढ्दै गएको देखाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले  जानकारी दिए।

कर्णाली प्रदेशको सबैभन्दा विकसित मानिने प्रदेशको राजधानी सुर्खेतमा दर्ता भएका मुद्दालाई विश्लेषण गर्दा आव २०८०/८१ मा ८२०, २०८१/८२ मा ८३४ र २०८२/८३ मा ९४९ दर्ता भएका उनले उल्लेख गरे। जसमा लागुऔषध, जघन्य अपराध (जबरजस्ती करणी) र आत्म हत्यासँग सम्बन्धित घटना अन्यभन्दा बढ्दो क्रममा रहेका उनले बताए।

प्रहरी उपरीक्षक पोखरेलका अनुसार लागुऔषधसँग सम्बन्धित घटनामा पछिल्लो समय बालबालिका पनि सङ्लग्न भएको पाइएको छ । “आव २०८०/८१ मा लागुऔषधसँग सम्बन्धित १९२ मुद्दा दर्ता हुँदा चार बालक सङ्लग्न थिए । २०८१/८२ मा एक र आव २०८२/८३ मा सात बालक र दुई जना बालिका सङ्लग्न रहेका पाइएको छ”, उनले भने।

जघन्य अपराध मानिने जबरजस्तीकरणीका घटना पनि सुर्खेतमा बढ्दो अवस्था रहेका प्रहरी उपरीक्षक पोखरेलले बताए। “आव २०८०/८१ मा ८२०, आव २०८१/८२ मा ८३४ र आव २०८२/८३ मा २४४ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन्”, उनले भने, “आव २०८०/८१ देखि २०८२/८३ सम्म १९ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छन्, यसको सङ्ख्या पनि बढ्दो देखिन्छ ।”

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीन आर्थिक वर्षमा घरेलु हिंसाका एक हजार ३८२, सामाजिक हिंसासम्बन्धी एक हजार ३५७ मुद्दा दर्ता भएका थिए। आव २०८२/८३ मा विद्युतीय ठगी, सामाजिक सञ्जाल फेसबुक ह्याक र मोबाइल चोरीलगायत ७९१ मुद्दा दर्ता भएका गरिएको थियो।

पछिल्लो समयमा सुर्खेतमा आत्महत्या गर्नेको सङ्ख्या वृद्धि भइरहेकाले यो अवस्था निकै डरलाग्दो र चुनौतिपूर्ण बन्दै गएको छ। प्रहरी उपरीक्षक पोखरेलका अनुसार सुर्खेतमा वार्षिक सरदर ११० जनाले आत्महत्या गर्नेगरेका तथ्याङ्कले देखाउँछ। जसअनुसार आव २०८०/८१ मा १११, आव २०८१/८२ मा ११४ र आव २०८२/८३ मा १०७ जनाले आत्महत्या गरेका छन्। 

सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना पनि सुर्खेतमा बढ्दै गएका प्रहरी उपरीक्षक पोखरेलले बताए। उनका अनुसार तीन आर्थिक वर्षमा क्रमशः १३, १९ र १८ ठगीका र सवारी अपराधलाई हेर्दा सवारी ज्यानसम्बन्धी १९, २५ र ३१ घटना दर्ता भएको प्रहरी तथ्याङ्क छ ।

यसरी विभिन्न खाले अपराधजन्य घटना वृद्धि हुनुका मुख्य कारणमा बढ्दो सहरीकरण, बेरोजगारी, सामाजिक सञ्जालको नकरात्मक प्रभाव, सहरिया जीवनशैलीको देखासिकी र असावधानीपना भएको प्रहरी उपरीक्षक पोखरेलले बताए।

समाजमा घट्ने विभिन्न खाले सामाजिक अपराधका घटना न्यूनीकरणमा प्रहरी एक्लैको प्रयासले हुन नसक्ने भन्दै प्रहरी उपरीक्षक पोखेरेलले तीन तहका सरकारको आपसी समन्वय एवं सहकार्य र राज्यका सबै अङ्गको उत्तिकै दायित्व रहेको बताए।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डिजिटल पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

    काठमाडौं ।‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि ७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको आव २०८२/८३ को वार्षिक प्रगति विवरणअनुसार ७९ हजार ५६१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको थियो । तीमध्ये ३६ हजार २०

    Data is loading...

    Loading brands...

    Loading footer...