‘जुलाई’मा औसतभन्दा कम वर्षा

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

3
Share
Featured
  • जुलाईमा हालसम्म औसतभन्दा कम वर्षा भएको छ, ५५८.८ मिमिको सट्टा ३०४.३० मिमि मात्र वर्षा मापन भएको छ।
  • पछिल्लो २४ घण्टामा कपिलवस्तुको पथरकोटामा सबैभन्दा धेरै १६७ मिमि वर्षा भएको छ।
  • मनसुन सक्रिय रहेकाले पहाडी र तराईका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।

जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।

सो अवधिमा नेपालभर औसत ११।७ मिलिमिटर वर्षा मापन गरिएको छ । पछिल्लो २४ घण्टामा कपिलवस्तुको पथरकोटामा सबैभन्दा धेरै १६७.० मिलिमिटर वर्षा भएको छ ।

अधिकतम तापक्रम रामेछापको मन्थलीमा ३५.७ डिग्री सेल्सियस मापन गरिएको छ भने न्यूनतम तापक्रम मनाङको हुम्देमा ९.६ डिग्री सेल्सियस छ ।

विभागका मौसमविद् डेविट ढकालका अनुसार मनसुन सक्रिय रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना कायम छ । विशेष गरी पहाडी तथा तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि अन्तिम पटक निवेदन माग गरेको छ। भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै योग्य नागरिकहरूलाई तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको हो।समितिका अनुसार, जग्गा पाउन इच्छुक स्थानीय तहका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...