
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारमा उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा मन्त्री यादवले तालिमको मुख्य उद्देश्य रोजगारी सिर्जना हुनुपर्नेमा जोड दिँदै श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा कामसँग जोडिनुपर्ने बताए।देशभर विभिन्न निकायबाट वार्षिक १३ अर्ब रुपैयाँभन्दा बढी रकम...