मन्त्री यादवद्वारा श्रमिक लक्षित तीन महत्वपूर्ण घोषणा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

15
Share
Featured
  • मन्त्री रामजी यादवले श्रमिक दिवसका अवसरमा श्रमिक लक्षित तीन प्रमुख कार्यक्रम घोषणा गरेका छन्।
  • ५ वर्षे व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम सुरु गर्दै श्रमिकको सुरक्षा र कार्य वातावरण सुधार गर्ने लक्ष्य राखिएको छ।
  • सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई ६% ब्याजदरमा घडेरी कर्जा र अधिकतम १ करोड ५० लाखसम्म सापटी सुविधा दिने व्यवस्था गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमिक लक्षित तीन वटा महत्वपूर्ण घोषणा गरेका छन्।

१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) का अवसरमा भिडियो सन्देश जारी गर्दै मन्त्री यादवले पहिलो चरणमा पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको जानकारी दिए। उक्त कार्यक्रमले श्रमिकको सुरक्षा, स्वास्थ्य तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

दोस्रो घोषणाअनुसार विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी तथा कन्सुलरमार्फत हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिनेछ।

त्यस्तै, तेस्रो घोषणामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकलाई घडेरी खरिदका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने व्यवस्था मिलाइनेछ। साथै, आवश्यकताअनुसार रु. १ करोड ५० लाखसम्म सापटी लिन सकिने व्यवस्था पनि लागू गरिने मन्त्री यादवले बताए।

मन्त्री यादवले श्रमको सम्मान नै राष्ट्रिय विकासको आधार भएको उल्लेख गर्दै सबै श्रमिकका लागि मर्यादित काम, उचित पारिश्रमिक र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

यो समाचारमा

रामजी यादवकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...