प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिकः कसको कति सुन?

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

21
Share
Featured
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दै सुनको परिमाण चर्चामा आयो।
  • बालेन्द्र शाह सँग १९० तोला र उद्योगमन्त्री गौरी कुमारीसँग १८० तोला सुन रहेको विवरणमा देखियो।
  • अन्य मन्त्रीहरूमा पनि उल्लेख्य परिमाणमा सुन देखिएपछि सामाजिक सञ्जालमा पारदर्शिता र विलासी जीवनशैलीबारे बहस सुरु भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

लामो समयको पर्खाइ र चौतर्फी दबाबपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको यो विवरणमा विशेषगरी मन्त्रीहरूको सुन–चाँदी र गरगहनाको विषयले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ ।  

सार्वजनिक विवरणअनुसार, प्रधानमन्त्री बालेन शाहसँग १९० तोला गरगहना रहेको देखिएको छ, यद्यपि यसको प्रकार भने खुलाइएको छैन। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन उद्योगमन्त्री गौरी कुमारीसँग १८० तोला रहेको पाइएको छ ।

अन्य मन्त्रीहरूको विवरण पनि निकै रोचक छः

गृहमन्त्री सुदन गुरुङसँग ८९ तोला र श्रममन्त्री रामजी यादवसँग ८० तोला सुन रहेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन छ भने भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र स्वास्थ्यमन्त्री निशा मेहतासँग ३०–३० तोला सुन रहेको विवरणमा उल्लेख छ ।

त्यसैगरी  संघीय मामिला मन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेलसँग २५–२५ तोला सुन छ । 

परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला र महिला मन्त्री सीता वादीसँग १८ तोला सुन रहेको देखिएको छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र कानुनमन्त्री सोबिता गौतमसँग १५–१५ तोला सुन छ ।

सूचीको अन्त्यतिर पर्यटनमन्त्री खडक राज पौडेलसँग ११ तोला, सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग करिब ७ तोला र कृषिमन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको छ ।

नयाँ सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण लुकाएको भन्दै आलोचना भइरहेका बेला सरकारले यो विवरण सार्वजनिक गरेको हो । पारदर्शिताको यो कदमलाई कतिपयले स्वागत गरेका छन् भने सामाजिक सञ्जालमा मन्त्रीहरूको विलासी जीवनशैली र सुनको परिमाणलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । 

यो समाचारमा

निशा मेहतासुदन गुरुङरामजी यादवविराजभक्त श्रेष्ठ
सीता वादी14 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...