गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

22
Share
Featured

काठमाडौँ

राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा प्रवाह गरिने भवनमा सोमबार आगलागी भएको छ । यहाँका डेन्टल ओपिडी सेवा र ‘रेकर्ड’ कोठामा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको जनाइएको छ  ।  

डेन्टल विभागका डा दिपाली झाका अनुसार यहाँ उपचारका लागि आएको बिरामीलाई अस्पतालमा उपचार गरिरहेका बेला डेन्टल उपकरणको कम्प्रेसरमा एक्कासी विद्युत् सर्ट भएर तल आगो लागेको हो । सो क्रममा यहाँ रहेका अरु डेन्टल उपकरणमा विस्तारै आगो लागेर फैलिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालका अनुसार आगलागीबाट तीन थान डेन्टल उपकरण, दुई थान कम्प्रेसर, दुई थान डेस्क, तीन थान डेन्टल कुर्सी, एक थान फ्रिज र सात वटा पङ्खा पूर्ण रूपमा जलेर नष्ट भएका मेडिकल सुपरिडेन्ट अवधेशकुमार मिश्राले जानकारी दिनुभयो । अन्य थप उपकरणसहित करिब रु २५ लाखभन्दा बढीको क्षति भएको उहाँले बताउनुभयो ।

साथै ओपिडी रेकर्डका रूपमा रहेका कागजाँतहरु जलेर नष्ट भएका छन् । आयोगलाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी, सशस्त्र प्रहरी नेपाली सैन तथा स्थानीय र राजविराजबाट गएको बारुणयन्त्रले आगो निभाएका थिए । यो आगलागीबाट कुनै मानवीय क्षति भने नभएको अस्पतालले जनाएको छ । 

यसैबीच, अस्पतालमा आगलागी भएको घटना बुझ्न साथ हिजो मात्र सप्तरी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रामजी यादवले आगलागीबाट भएको क्षति विवरणबारे जानकारी लिनुभएको छ ।  

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीरामजी यादवसप्तरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज पनि स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै, झापा, मोरङ, इलाम, सुनसरी,

    Data is loading...

    Loading brands...

    Loading footer...