प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Author

सजिलो पत्रिका

२०८३ जेठ १७, आइतबार

12
Share
Featured
  • प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ, जहाँ विभिन्न महत्वपूर्ण कार्यसूचीमाथि छलफल हुनेछ।
  • बैठकमा ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि दफावार छलफल गरी पारित गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ पेश गर्नेछन् भने श्रममन्त्री रामजी यादवले ILO सम्बन्धी महासन्धि र प्रोटोकल संसदमा प्रस्तुत गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्दैछ। बैठकमा नियमावली मस्यौदा पारित गर्नेदेखि नयाँ विधेयक पेश गर्नेसम्मका विभिन्न कार्यसूची रहेका छन्।

आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिसकेपछि प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक पेश गर्नेछन्। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को श्रम निरीक्षण सम्बन्धी महासन्धि १९४७ र बाध्यकारी श्रम महासन्धि सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ बैठकमा पेश गर्ने कार्यक्रम रहेको छ।

यो समाचारमा

रामजी यादवगणेश पराजुलीप्रतिनिधि सभानेपाल राष्ट्र बैंक
स्वर्णिम वाग्ले5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...