
काठमाडौँकाठमाडौँ महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित भएका परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल सुरु गरेको छ। कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकालाई एसईईसम्म पूर्ण आवासीय छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।महानगरपालिका, निजी विद्यालयका छाता सङ्गठन प्याब्सन र एन–प्याब्सन तथा अभिभावकबीच भएको त्रिपक्षीय सम्झौताअनुसार छनोट भएका बालबालिकाको...