कानुन संशोधन गर्दै सरकार: एसईईमा १४ वर्षे उमेर हद अन्त्य

Author

सजिलो पत्रिका

२०८२ साउन २१, बुधबार

39
Share
Featured
  • अब १४ वर्ष उमेर नपुगेका विद्यार्थीहरूले पनि जन्ममिति एकपटक सच्याएर एसईई परीक्षा दिन पाउनेछन्।
  • राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन संशोधन गरी एकपटकका लागि जन्ममिति सच्याउने व्यवस्था गरिएको हो।
  • यो संशोधनले व्यक्तिगत घटना विवरणमा त्रुटि भएका अन्य व्यक्तिहरूलाई पनि विवरण सच्याउन अवसर प्रदान गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अब १४ वर्ष उमेर नपुगेका विद्यार्थीले पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने भएका छन् । सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग ऐन संशोधन गरी एकपटकका लागि जन्ममिति सच्याउन मिल्ने व्यवस्था गरेपछि यो बाटो खुलेको हो ।

यो नयाँ व्यवस्थाले कलिलै उमेरमा माथिल्लो कक्षामा पुगेर पनि उमेर नपुगेका कारण एसईई दिनबाट वञ्चित विद्यार्थीलाई ठूलो राहत मिलेको छ ।

यसअनुसार, अब विद्यार्थीहरूले आफ्नो जन्ममिति २०६८ चैत मसान्त वा सोभन्दा अघि रहेको भनी जन्मदर्ता बनाएर एसईई परीक्षामा सहभागी हुन पाउनेछन् । यो कानूनी संशोधनले व्यक्तिगत घटना विवरणमा त्रुटि भएका अन्य व्यक्तिहरूलाई पनि आफ्नो विवरण सच्याउन मद्दत पुग्नेछ ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...