एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक: ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण

Author

सजिलो पत्रिका

२०८२ असोज ११, शनिबार

28
Share
Featured
  • राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ।
  • कुल १,४३,२५७ परीक्षार्थीमध्ये ८३,५६४ जना उत्तीर्ण भए भने ५९,६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भए।
  • गत साउन २९ देखि भदौ ६ गतेसम्म भएको यो परीक्षा, वार्षिक परीक्षामा दुई विषयसम्म नन ग्रेडेड (NG) पाएका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि अवसरस्वरूप सञ्चालन गरिएको थियो।
  • नतिजाले अनुत्तीर्ण विद्यार्थीहरूलाई अर्को शैक्षिक सत्रमा अगाडि बढ्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन्।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले दिएको जानकारीअनुसार, पूरक परीक्षामा सहभागी भएका कुल १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना भने अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन्।

गत साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म 'नन ग्रेडेड' (NG) प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूलाई बोर्डले सहभागी हुने अवसर दिएको थियो। यस नतिजाले अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई अर्को शैक्षिक सत्रमा अगाडि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय परीक्षा बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...