एसइई ग्रेड वृद्धि परीक्षा: २४ हजारभन्दा बढी विद्यार्थीले परीक्षा नदिने

Author

सजिलो पत्रिका

२०८२ साउन २९, बिहिबार

41
Share
Featured
  • एसइईको ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको सङ्ख्या घटेको छ।
  • ग्रेड वृद्धि परीक्षाका लागि १,४२,८५३ विद्यार्थीले मात्र आवेदन दिएका छन्, जुन परीक्षा बोर्डले साउन २९ गतेदेखि सञ्चालन गर्नेछ।
  • बोर्डले नन-ग्रेडेड विद्यार्थीलाई २ विषयसम्म ग्रेड सुधारको अनुमति दिएको भए पनि ठूलो संख्यामा विद्यार्थीले त्यो सुविधा उपयोग गरेनन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको सङ्ख्या घटेको छ। असार १३ गते प्रकाशित नतिजामा अनुत्तीर्ण (नन-ग्रेडेड) भएकामध्ये २४ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धिको मौका उपयोग नगर्ने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले साउन २९ गतेदेखि सञ्चालन गर्ने ग्रेड वृद्धि परीक्षाका लागि आवेदन दिएका विद्यार्थीको तथ्याङ्कले यस्तो देखाएको हो। बोर्डका अनुसार, यस वर्षको एसइईमा कुल एक लाख ६७ हजार जना विद्यार्थी अनुत्तीर्ण अर्थात् 'नन-ग्रेडेड' समूहमा परेका थिए।

तर, परीक्षाका लागि योग्य ती विद्यार्थीमध्ये जम्मा एक लाख ४२ हजार ८५३ जनाले मात्रै परीक्षामा सहभागी हुन आवेदन फाराम भरेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले जानकारी दिए।

यो तथ्याङ्क अनुसार, परीक्षामा अनुत्तीर्ण भएका २४ हजार १४७ जना विद्यार्थीले आफ्नो ग्रेड सुधार गर्ने अवसर गुमाउने भएका छन्। बोर्डले नन-ग्रेडेड भएका विद्यार्थीलाई दुई विषयसम्म ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको थियो।  गोरखापत्रबाट

यो समाचारमा

राष्ट्रिय परीक्षा बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...