एमाले अध्यक्षमा ‘ह्याट्रिक’ गरेका ओलीको संघर्ष र उदय

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

13
Share
Featured
  • नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन्, यससँगै उनी लगातार तीन महाधिवेशन अध्यक्ष बनेका छन्।
  • ओलीको वास्तविक नाम खड्गप्रसाद ओली हो, २००८ साल फागुन ११ मा तेह्रथुममा जन्मिएका उनले १७ वर्षमै वामपन्थी आन्दोलनमा सक्रिय भई १४ वर्ष जेल जीवन बिताए।
  • उनले चारपटक प्रधानमन्त्री भइसकेका छन् र नेपालको राजनीति, संसदीय कार्य, मन्त्री तथा आयोग/समितिमा सक्रिय भएर महत्वपूर्ण योगदान दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट खड्गप्रसाद शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक पार्टी अध्यक्ष बन्न सफल भएका हुन् ।

महाधिवेशनको अन्तिम मतपरिणामअनुसार ओलीले पोखरेललाई १ हजार ९९ मतको अन्तरले हराएका हुन् । लगातार तीन महाधिवेशन जित्दै ओलीले अध्यक्ष पदमा ‘ह्याट्रिक’ पूरा गरेका छन् ।

यसअघि २०७१ साल असारमा काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नवौँ महाधिवेशनमा ओलीले तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गर्दै पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा ओलीले १ हजार ४७ मत प्राप्त गर्दा नेपालले १ हजार ३ मत पाएका थिए ।

२०७८ साल भदौमा एमाले विभाजनपछि चितवनको सौराहामा सम्पन्न १०औँ महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे । तर पूर्वउपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी दिएपछि मतदान भएको थियो । उक्त निर्वाचनमा ओलीले १ हजार ८३७ मत प्राप्त गर्दा रावलले २२३ मत पाएका थिए ।

२०७१ सालदेखि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि अध्यक्षकै भूमिकामा थिए ।

को हुन् ओली ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओलीको जीवन संघर्षपूर्ण छ । उनको वास्तविक नाम खड्गप्रसाद ओली हो । राजनीतिमा उनी ‘केपी ओली’ नामले परिचित छन् । समर्थकहरूले उनलाई प्रेमपूर्वक ‘केपी बा’ भनेर सम्बोधन गर्छन् ।

२००८ साल फागुन ११ गते तेह्रथुम जिल्लामा जन्मिएका ओली सामान्य पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् । उनका पिता मोहनप्रसाद ओली ज्योतिषी हुन् । सानै उमेरमा आमाको निधन भएपछि उनी हजुरआमा राममाया ओलीको संरक्षणमा हुर्किए ।

जेनेजी आन्दोलनका क्रममा बालकोटस्थित निवास क्षति भएपछि उनी हाल श्रीमती राधिका शाक्यसँग भक्तपुरको गुन्डुमा बस्दै आएका छन् ।

एसएलसीसम्म अध्ययन गरेका ओली नेपाली राजनीतिमा प्रखर वक्ताका रूपमा परिचित छन् । उनी २०७२, २०७४, २०७८ र २०८१ मा गरी चार पटक प्रधानमन्त्री भइसकेका छन् । रुखो र स्पष्ट अभिव्यक्तिका कारण उनी बेलाबेला विवादमा पनि आउने गरेका छन् ।

राजनीतिक यात्रा

२०२३ सालमा माक्र्सवादी अध्ययन दलबाट राजनीतिक प्रशिक्षण लिएका ओली २०२५ सालदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठनमा आबद्ध भए । २०२६ सालमा पार्टी सदस्यता पाएपछि उपसचिवको जिम्मेवारी सम्हाले ।

२०२९ सालमा उनी झापा आन्दोलन कमिटीका प्रमुख बने । चर्चित झापा विद्रोहका प्रमुख नेतामध्ये ओली एक हुन् । १७ वर्षको उमेरमै वामपन्थी आन्दोलनमा सक्रिय भएका उनी २२ वर्ष नपुग्दै १४ वर्ष जेल जीवन बिताउन बाध्य भए ।

२०२७ फागुन १६ गते पहिलोपटक झापाबाट गिरफ्तार भएका ओली पटक–पटक गरी १० भन्दा बढी पटक पक्राउ परे । उनले रौतहट, वीरगञ्ज, काठमाडौं, नख्खु, पोखरा, स्याङ्जा लगायतका जेलमा लामो समय बिताए । अन्ततः २०४४ असार ११ गते भद्रगोल जेलबाट रिहा भएका थिए ।

खुला राजनीति र पार्टी भूमिका

जेलमुक्त भएपछि २०४७ जेठ १ गते उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्षको भूमिका निर्वाह गरे । २०४९ देखि २०७१ सम्म उनी एमाले स्थायी कमिटी सदस्य रहे ।

२०४६ को जनआन्दोलनमा संयुक्त वाममोर्चाको तर्फबाट लुम्बिनी अञ्चलको नेतृत्व गरेका ओलीले २०४९ को पाँचौँ महाधिवेशनमा मदन भण्डारीसँग मिलेर जनताको बहुदलीय जनवाद (जबज) निर्माणमा महत्वपूर्ण भूमिका खेले ।

२०५९ सालको सातौँ महाधिवेशनमा उनले कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणसम्बन्धी वैचारिक प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई हाल अन्य दलहरूले समेत अंगीकार गरेको उनी दाबी गर्छन् ।

संसदीय यात्रा

२०२६ : एक वर्षमै १० पटक पक्राउ

२०५१ : गृहमन्त्रीमा नियुक्त

२०५६ : संसदीय दलको उपनेता

२०६३ : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

२०७० : एमाले संसदीय दलको नेता

२०७२ : प्रधानमन्त्रीमा निर्वाचित

२०७४ : दोस्रो पटक प्रधानमन्त्री निर्वाचित

२०७८ : तेस्रो पटक प्रधानमन्त्री

२०७८ : पुनः पार्टी अध्यक्ष निर्वाचित

२०८१ : चौथो पटक प्रधानमन्त्री

ओलीले प्रतिनिधिसभा, संविधान सभा, मन्त्रिपरिषद् तथा विभिन्न आयोग र समितिमा रहेर नेपाली राजनीतिमा महत्वपूर्ण योगदान पु¥याएका छन्।

यो समाचारमा

माधवकुमार नेपालभक्तपुरसौराहानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
पोखरा10 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...