मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

Author

सजिलो पत्रिका

२०८३ असार ३१, बुधबार

5
Share
Featured
  • एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी फिर्ता लिने निर्णय गर्‍यो।
  • बजेट पुनर्लेखन र खर्च कटौतीको विवाद चर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका थिए।
  • समर्थन फिर्तासँगै सत्ता गठबन्धन टुटेको छ र बजेट पारित गर्ने संवैधानिक समयसीमाबीच सुदूरपश्चिम सरकार संकटमा परेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।

आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन र खर्च कटौतीको मागलाई लिएर सत्ता साझेदार कांग्रेस र एमालेबीच लामो समयदेखि विवाद चल्दै आएको थियो। एमालेका ६ सांसदले बजेटमाथि मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री कमल बहादुर शाह र एमालेबीच खटपट बढेको थियो।

सहमति जुटाउन गरिएको प्रयास असफल भएपछि मुख्यमन्त्री शाहले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरू सुरेन्द्र पाल, वीरबहादुर थापा, हिरा सार्की र राज्यमन्त्री निर्मला साउदलाई बर्खास्त गरेका थिए। मन्त्रीहरूको बर्खास्तगी लगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यताका बीच सत्ता गठबन्धन टुटेपछि सुदूरपश्चिम सरकार संकटमा परेको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)सुदूरपश्चिम प्रदेशनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकार असफल भए व्यवस्थामाथि नै प्रश्न उठ्छ - एमाले मुख्य सचेतक महर

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक ऐन बहादुर महरले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसके वर्तमान लोकतान्त्रिक व्यवस्था र गणतन्त्रमाथि नै गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले एमाले रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको स्पष्ट पार्दै सरकारको सफलता नै संविधान र लोकतन्त्रको सफलतासँग जोडिएको बताए।महरले

    Data is loading...

    Loading brands...

    Loading footer...