
काठमाडौँनेपाली कम्युनिष्ट पार्टीले ६ बुँदे तत्कालीन कार्ययोजना सार्वजनिक गर्दै पार्टी संरचनामा व्यापक परिवर्तन गर्ने घोषणा गरेको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पारित गरेको उक्त योजनामा संगठनात्मक सुदृढीकरणदेखि नेतृत्व पुनर्गठनसम्मका विषय समेटिएका छन्।पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार अब वडादेखि केन्द्रसम्मका निर्वाचित सबै कमिटीमा युवा तथा ‘नव–युवा’ (जेनजी) को सहभागिता ५०...