प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

Author

सजिलो पत्रिका

२०८३ साउन ०३, आइतबार

5
Share
Featured
  • नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस–एमाले–माओवादी मिलेर प्रदेश सरकार बनाउने प्रस्तावको विरोध गरेका छन।
  • तीन दल मिल्दा प्रतिपक्ष कमजोर भई लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए।
  • सत्तामुखी राजनीतिले अस्थिरता बढाएको भन्दै कांग्रेसले अब सिद्धान्तमा सम्झौता नगर्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।

थापाले सत्तालाई नै सबैथोक मान्ने प्रवृत्तिका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको टिप्पणी गरेका छन्।

"बिहान सत्तापक्ष र भोलिपल्ट प्रतिपक्ष हुने प्रवृत्तिले राजनीतिको साख गिरेको छ," उनले भने, "सत्तामुखी सोचका कारण कांग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको छ।" उनले कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै अबका दिनमा सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पारेका छन्। 

यो समाचारमा

नेपाली काँग्रेसगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...