
काठमाडौँ।गाजा पट्टीमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार दक्षिणी सहर खान युनिसमा विस्थापितहरू बसिरहेको पालमाथि हवाई हमला भएको हो।हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले आक्रमणमा मारिनेमा महिला र बालबालिकासमेत रहेको जनाएको छ। यो आक्रमणलाई पछिल्लो युद्धविरामपछिको सबैभन्दा ठूलो हमलामध्ये एक मानिएको छ।