हमासलाई निःशस्त्रीकरणका लागि सीमित समय दिइनेछ- राष्ट्रपति ट्रम्प

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

22
Share
Featured
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्धविराम सम्झौताअन्तर्गत हमासलाई हतियार बुझाउन सीमित समय दिने चेतावनी दिएका छन्।
  • ट्रम्पले हमासको निःशस्त्रीकरण प्रक्रियाको निगरानी आफ्ना विशेष दूत स्टिभ विट्कफ र ज्वाइँ जारेड कुश्नरले गर्ने जानकारी दिएका छन्।
  • इजरायली प्रधानमन्त्री नेतन्याहुले ट्रम्पको पुनरागमनपछि इजरायल-अमेरिका साझेदारी अत्यन्तै बलियो भएको र भेटवार्ता फलदायी भएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले गाजा युद्धविराम सम्झौताअन्तर्गत हमासलाई निःशस्त्रीकरणका लागि सीमित समय दिइने बताएका छन् । यदि हमासले तोकिएको समयभित्र हतियार नबुझाए त्यसको मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए ।

फ्लोरिडास्थित आफ्नो मार-ए-लागो क्लबमा इजरायली प्रधानमन्त्री बेंजामिन नेतान्याहूसँगको भेटवार्तापछि ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले हमासको निःशस्त्रीकरण प्रक्रियाको निगरानी आफ्ना विशेष दूत स्टिभ विट्कफ र ज्वाइँ जारेड कुश्नरले गर्ने जानकारी दिए ।

ट्रम्पले युद्धविराम अवधिमा इजरायलले सम्झौताको शतप्रतिशत पालना गरेको दाबी गर्दै हमासको निःशस्त्रीकरण नै शान्ति योजनाको मुख्य सर्त भएकोमा जोड दिए ।

भेटमा ट्रम्पले कब्जा गरिएको वेस्ट बैंकमा इजरायलीहरूको बसोबास र हिंसाका विषयमा आफू र नेतन्याहुबीच फरक धारणा रहेको स्वीकार गरे । उनले आगामी सेप्टेम्बरमा इजरायललाई वेस्ट बैंक गाभ्न नदिने घोषणासमेत गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री नेतन्याहुले ट्रम्पको पुनरागमनपछि इजरायल-अमेरिका साझेदारी अतुलनीय भएको बताउँदै भेटवार्ता अत्यन्तै फलदायी भएको बताए ।

यो समाचारमा

बेंजामिन नेतान्याहूडोनाल्ड जोन ट्रम्पकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...