
काठमाडौँ।नेपाल सरकारले भेनेजुएलामा हालै विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो ।विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित राष्ट्रहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान हुनुपर्नेमा...