भेनेजुएला घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ- नेपाल सरकार

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

38
Share
Featured
  • नेपाल सरकारले भेनेजुएलाको पछिल्लो घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
  • सबै पक्षलाई संयम अपनाउन र तनाव बढाउने कदम नचाल्न आग्रह गरिएको छ।
  • विवादको समाधान संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा हुनुपर्नेमा जोड दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल सरकारले भेनेजुएलामा हालै विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो ।

विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित राष्ट्रहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान हुनुपर्नेमा जोड दिइएको छ ।

नेपाल सरकारले कुनै पनि विवादको समाधान संवाद, कूटनीति तथा आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा गरिनुपर्ने आफ्नो धारणा स्पष्ट पारेको छ ।


यो समाचारमा

भेनेजुएलाकाठमाडौँपरराष्ट्र मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...