प्रधानमन्त्रीको नाममा चन्दा सङ्कलन गरे कारबाही हुने- सरकारको चेतावनी

Author

सजिलो पत्रिका

२०८२ असोज २८, मङ्गलबार

18
Share
Featured
  • सरकारले प्रधानमन्त्री सुशीला कार्कीको नाममा चन्दा सङ्कलन गर्नेहरूविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ।
  • प्रधानमन्त्री कार्यालयका अनुसार कार्की वा उनको कार्यालयका तर्फबाट कुनै पनि व्यक्तिलाई चन्दा वा सहयोग माग्ने अनुमति दिइएको छैन।
  • सरकारले नागरिकलाई यस्ता भ्रामक गतिविधिमा नफस्न र त्यस्ता घटनाबारे तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गर्ने वा त्यस्ता गतिविधिमा प्रोत्साहन गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ।

केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र उनको कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको छैन।

प्रवक्ता शर्माले विज्ञप्तिमार्फत त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्णरूपमा अस्वीकार गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रहरीलाई खबर गरिदिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।

यो समाचारमा

काठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...