
काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि बजारमा साविककै १४.२ किलोग्राम ग्यास भरिएको सिलिण्डर पठाउन ग्यास उद्योगीहरूलाई निर्देशन दिएको छ। इण्डियन आयल कर्पोरेसनका रिफाइनरीहरूबाट ग्यास आपूर्तिमा सुधार आएपछि निगमले यस्तो निर्णय गरेको हो।ग्यासको अभाव हुन नदिन र वितरण प्रणालीलाई सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि आधा तौल (७.१ किलो) को...