इन्धन बचत नगरे आपूर्ति शृङ्खला ठप्प हुनसक्ने आयल निगमको चेतावनी, दैनिक ९३ करोड घाटा

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

17
Share
Featured

काठमाडौँ

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेसँगै देशमा इन्धन आपूर्ति शृङ्खला जोखिममा परेको चेतावनी दिएको छ। निगमले दैनिक करिब ९३ करोड रुपैयाँ घाटा भइरहेको भन्दै इन्धन बचत नगरे आपूर्ति प्रणाली नै ठप्प हुन सक्ने जनाएको छ।

निगमका अनुसार पश्चिम एसियामा जारी युद्ध र विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धिका कारण वित्तीय दबाब अत्यधिक बढेको छ। पछिल्लो मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा अर्बौँ रुपैयाँ घाटा भइरहेको र इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्न थप ठूलो रकम आवश्यक परेको जनाएको छ।

निगमले हालको अवस्थालाई मध्यनजर गर्दै पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास र हवाई इन्धनको मूल्य वृद्धि गरेको भए पनि घाटा अझै कायम रहेको बताएको छ। पछिल्लो प्रक्षेपणअनुसार प्रतिदिन करिब ९३ करोड रुपैयाँ घाटा हुने देखिएको छ।

निगमले सरकारबाट कर छुट र मूल्य समायोजनका बाबजुद वित्तीय दायित्व बढिरहेको भन्दै ८ अप्रिलमा आईओसीलाई २६ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गरिएको र आगामी किस्ताका लागि पनि ठूलो रकम आवश्यक पर्ने जानकारी दिएको छ।

आपूर्ति सहज बनाउन इन्धन खपत घटाउनु नै एकमात्र विकल्प भएको निगमको भनाइ छ। उपभोक्तालाई अनावश्यक सवारी प्रयोग नगर्न र इन्धन बचत गर्न आग्रह गर्दै निगमले दैनिक कम्तीमा १ लिटर इन्धन बचत गर्न सके राज्यले ठूलो रकम जोगाउन सक्ने जनाएको छ।

निगमले श्रीलंका, पाकिस्तानबंगलादेशजस्ता देशहरूले इन्धन संकट व्यवस्थापनका लागि अपनाएका उपायहरूको उदाहरण दिँदै नेपालमा पनि मितव्ययिता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ। साथै, पेट्रोलियम पदार्थमा परनिर्भरता रहेको भन्दै दीर्घकालीन रूपमा खपत घटाउनु नै विकल्प भएको स्पष्ट पारेको छ।

यो समाचारमा

श्रीलंकानेपाल आयल निगमबंगलादेशपाकिस्तान
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...