आजदेखि देशभर पुनः भरी सिलिन्डर किन्न पाइने

Author

सजिलो पत्रिका

२०८३ असार ३१, बुधबार

6
Share
Featured
  • बुधबारदेखि १४.२ केजीको पूर्ण भरिएको एलपी ग्यास सिलिण्डर बजारमा पठाइने भएको छ।
  • ग्यास आपूर्ति सहज भएपछि आधा (७.१ केजी) सिलिण्डर वितरण बन्द गरिएको छ।
  • १४.२ केजी ग्यासको मूल्य २,०६० रुपैयाँ कायम गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि बजारमा साविककै १४.२ किलोग्राम ग्यास भरिएको सिलिण्डर पठाउन ग्यास उद्योगीहरूलाई निर्देशन दिएको छ। इण्डियन आयल कर्पोरेसनका रिफाइनरीहरूबाट ग्यास आपूर्तिमा सुधार आएपछि निगमले यस्तो निर्णय गरेको हो।

ग्यासको अभाव हुन नदिन र वितरण प्रणालीलाई सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि आधा तौल (७.१ किलो) को सिलिण्डर मात्र बिक्री गर्न निर्देशन दिएको थियो। आपूर्ति सहज भएसँगै अब उपभोक्ताले पूरै भरिएको सिलिण्डर पाउनेछन्।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार १४.२ किलो ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँ तोकिएको छ। आपूर्तिमा सुधार आएकाले अब आधा सिलिण्डर भर्ने प्रक्रिया बन्द गरी पूर्ण तौलकै सिलिण्डर बजारमा पठाइने निगमले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासका लागि ‘डिजिटलाइजेसन’, ‘डेमोग्राफी’ र ‘डायस्पोरा’ (थ्री डी) लाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपालबीचको ६० वर्ष लामो साझेदारीका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी तीन पक्षले नै वर्तमान नेपालको राजनीतिक र सामाजिक

    Data is loading...

    Loading brands...

    Loading footer...