चुनावमा ग्यास अभाव हुन नदिन आयात बढाइयो, एकै दिन १३८ बुलेट लोड

Author

सजिलो पत्रिका

२०८२ फागुन १३, बुधबार

15
Share
Featured
  • आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ।
  • भारतीय आयल कर्पोरेसनबाट उच्च दरमा हिजो एकै दिन १३८ बुलेट ग्यास लोड गरी यो वर्षकै उच्चतम आपूर्ति सुनिश्चित गरिएको छ।
  • निगमले निर्वाचन अवधिभर बजारमा ग्यासको सहज आपूर्ति कायम राख्ने प्रतिबद्धता जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। बजारमा ग्यासको अभाव हुन नदिन भारतीय आयल कर्पोरेसन (आईओसी) बाट उच्च दरमा ग्यास लोडिङ भइरहेको निगमले जनाएको छ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार हिजो एकै दिन १३८ बुलेट ग्यास लोड भएको छ, जुन यो वर्षकै सबैभन्दा धेरै परिमाण हो। बजारमा ग्यास सहज नपाइएको उपभोक्ताको गुनासो आइरहेका बेला निगमले भने आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ। निर्वाचनको अवधिभर ग्यासको आपूर्तिलाई नियमित र सहज बनाइने निगमको प्रतिबद्धता छ।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँनेपाल आयल निगम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...