
काठमाडौँ । पछिल्लो एक घण्टामा देशभरमै सबैभन्दा बढी वर्षा मकवानपुरको हेटौंडामा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज दिउँसो १:२० बजे सार्वजनिक गरेको विवरणअनुसार हेटौँडाको मकवानपुरगढीमा १७ मिलिमिटर वर्षा भएको हो।हाल बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार...