आज यी चार प्रदेशमा 'भारी वर्षा' हुने सम्भावना

Author

सजिलो पत्रिका

२०८२ साउन १६, शुक्रबार

29
Share
Featured
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली रहँदा मधेस प्रदेशमा मौसम सफा छ।
  • आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशकर्णाली प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।

शुक्रबार दिउँसो  देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

शुक्रबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यो समाचारमा

मधेश प्रदेशकर्णाली प्रदेशगण्डकी प्रदेशसुदूरपश्चिम प्रदेश
लुम्बिनी प्रदेश7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...