मनसुनी वायुको प्रभाव कमजोर हुँदै, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

Author

सजिलो पत्रिका

२०८२ असोज २१, मङ्गलबार

20
Share
Featured
  • सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ, जबकि बाँकी क्षेत्रमा कमजोर मनसुनी वायु सक्रिय छ।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही, केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
  • राति पनि यिनै प्रदेशहरूका पहाडी तथा केही तराई क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली र मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमा महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै ठाउँहरूमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।

बाँकी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ। यद्यपि मनसुनी वायुको प्रभाव कमजोर छ।

मंगलबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार राति कोशी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यो समाचारमा

गण्डकी प्रदेशकर्णाली प्रदेशकोशी प्रदेशलुम्बिनी प्रदेश
सुदूरपश्चिम प्रदेश5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...