सातै प्रदेशमा पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना

Author

सजिलो पत्रिका

२०८२ साउन १८, आइतबार

47
Share
Featured
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज भारी वर्षाको सम्भावना रहेको छ ।
  • महाशाखाले कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।

आइतबार बिहान सातै प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भएको छ। मधेश प्रदेशका आठवटै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको महाशाको वेबसाइटमा उल्लेख छ।

आइतबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेश लगायत लुम्बिनी प्रदेशसुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेश लगायत बाँकी तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका केही स्थानहरूमा राति पनि मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो समाचारमा

लुम्बिनी प्रदेशगण्डकी प्रदेशबागमती प्रदेशकाठमाडौँ
मधेश प्रदेश6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...