देशभर बदली, विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

Author

सजिलो पत्रिका

२०८२ असोज २०, सोमबार

23
Share
Featured
  • देशमा हाल मनसुनी वायूको प्रभाव जारी रहेकाले आगामी २४ घण्टामा विभिन्न स्थानहरूमा वर्षा हुने सम्भावना छ।
  • दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र ती प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान छ।
  • राति पनि यिनै प्रदेशहरूमा बदली रहने र विशेष गरी कर्णाली तथा सुदूरपश्चिमका पहाडी–तराई क्षेत्रहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

देशमा हाल मनसुनी वायूको प्रभाव रहेकाले आगामी २४ घण्टामा विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशमा आकाश सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। यस अवधिमा कोशी प्रदेश, बागमती, लुम्बिनी, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीको स्थिति रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

यो समाचारमा

सुदूरपश्चिम प्रदेशकोशी प्रदेशलुम्बिनी प्रदेशकाठमाडौँ
कर्णाली प्रदेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...