दसैँको टीकाकै दिन देशभर बदली र वर्षा, केही प्रदेशमा भारी वर्षाको सम्भावना

Author

सजिलो पत्रिका

२०८२ असोज १६, बिहिबार

16
Share
Featured
  • जल तथा मौसम विज्ञान विभागका अनुसार टीकाको दिन (बिहीबार) देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ।
  • कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा मध्यम वर्षा, मेघगर्जन र चट्याङको सम्भावना छ, केही स्थानमा भारी वर्षा पनि हुनसक्छ।
  • विभागले टीकाको दिन यात्रा गर्दा मौसम विचार गरी सावधानी अपनाउन आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दसैंको टीकाको दिन देशका धेरै ठाउँमा बदलीसहित वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी र स्थानीय वायुले प्रभाव पारिरहेको छ, जसको असर बिहीबार (टीकाको दिन) देखिन सक्छ ।

बिहीबार दिनभरि देशभर सामान्यतया आंशिकदेखि पूर्ण बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने अनुमान छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान छ ।

बिहीबार रातिको समयमा पनि सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने अन्य प्रदेशका केही स्थानहरूमा पनि थोरै वर्षा हुन सक्छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ ।

टीकाको दिन यात्रा गर्दा मौसमको अवस्था विचार गर्न र आवश्यक सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

यो समाचारमा

गण्डकी प्रदेशबागमती प्रदेशलुम्बिनी प्रदेशकाठमाडौँ
कोशी प्रदेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...