देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षा हुने

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

18
Share
Featured
  • हाल देशभर मनसुनी वायू कमजोर भए पनि स्थानीय वायूको प्रभावले पहाडी भूभागमा सामान्य बदली र थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
  • दिउँसो कोशी, बागमती, गण्डकीका पहाडी भूभाग र केही तराई क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा, साथै केही स्थानमा भारी वर्षाको सम्भावना छ।
  • राति गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा सामान्य बदली रही अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहे पनि स्थानीय वायूको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनुका साथै केही प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यस्तै तराई भूभागका एकदुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, कोशी, बागमती, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो समाचारमा

लुम्बिनी प्रदेशकोशी प्रदेशगण्डकी प्रदेशसुदूरपश्चिम प्रदेश
बागमती प्रदेश5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...