
काठमाडौँपरराष्ट्र मन्त्रालयले पश्चिम एसियामा विकसित पछिल्लो सुरक्षा अवस्था र त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्थाबारे सरकार गम्भीर रूपमा निगरानी गरिरहेको जनाएको छ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरान–इजरायल तनाव तथा लेबनानको अवस्थालाई नजिकबाट अनुगमन भइरहेको जानकारी दिए।मन्त्रालयका अनुसार द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सहायताका लागि स्थापना गरिएको ‘इमर्जेन्सी कन्ट्रोल...