चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला

Author

सजिलो पत्रिका

२०८२ चैत १०, मङ्गलबार

20
Share
Featured

काठमाडौँ

नवौँ  अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत २० देखि २२ गतेसम्म आयोजना हुने भएको छ । 

महिला उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमी महासङ्घ नेपालद्वारा आयोजना हुने तीनदिने मेला ललितपुरको हेरिटेज गार्डेनमा सञ्चालन हुनेछ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा सातै प्रदेशका महिला उद्यमीहरूले आफ्ना मौलिक उत्पादनहरू प्रदर्शन गर्नेछन् । मेलामा तीन सय महिला उद्यमीले एक सय ४० स्टलमार्फत आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने उहाँले जानकारी दिनुभयो । 

प्रदर्शनीमा हस्तकला, ढाका, गलैँचा, हातेकागज, जैविक खाद्यपदार्थ, जडीबुटी, कृषिजन्य उत्पादन, गरगहना तथा सेवा क्षेत्रसँग सम्बन्धित सामग्री राखिनेछ ।

कोशी प्रदेशबाट अल्लो, बाँस तथा प्राकृतिक रेसाजन्य सामग्री, मधेसबाट मिथिला आर्ट, बागमतीबाट डेरी तथा हस्तकला, गण्डकीबाट जडीबुटी तथा ढाका, लुम्बिनीबाट परम्परागत खाद्यवस्तु, कर्णालीबाट राडीपाखी र सुदूरपश्चिमबाट गलैँचा तथा काठका सामग्री प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

“महासङ्घले विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि काम गर्दै आएको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यस वर्षको मेलामा देशभरका ग्रामीण तथा सहरी क्षेत्रका सफल महिला उद्यमीहरूलाई पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।”

मेलामा भारत, चीन, कोरिया र भुटानका महिला उद्यमीहरूले पनि आफ्ना उत्पादनहरू प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो । यसले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ । अध्यक्ष क्षेष्ठका अनुसार मेलाका आकर्षणहरूमा ‘-याम्प वाक’, समूहगत छलफल, कार्यशाला, डिजिटलाइजेशन तालिम र वित्तीय साक्षरतालगायत कार्यक्रम समावेश छन् । 

मेलामा करिब रु दुई करोड बराबरको कारोबार हुने तथा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान रहेको छ ।

यो समाचारमा

भारतभुटानललितपुरकोशी प्रदेश
चीन5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...